एमाले सचिवालय बैठक बस्दै



फागुन ३ काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। नेताहरूका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ।

बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक बोलाइएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो।

नेताहरूका अनुसार फागुन दोश्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ८ : ३९ बजे