काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ।
८ राष्ट्रको सहभागीता रहने लिग २ सिरिजका शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने छ।
नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा सातौं पटक खेल्न लागेको हो। जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबियाले तीन खेलमा जित हात पार्दा दुई खेलमा भने नेपाल विजयी भएको छ।
सिरिजको दोस्रो खेल १७ फेब्रुअरी अर्थात फागुन ५ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा १९ फेब्रुअरी अर्थात फागुन ७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन्।
नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा २१ फेब्रुअरी अर्थात फागुन ९ मा नामिबियासँग खेल्नेछ। २३ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स खेल्दा नेपाल र नेदरल्याण्ड्सबीचमा २५ फेब्रुअरीमा खेल हुदै यो सिरिज सकिने छ।
प्रतिक्रिया