बालकुमारी घटनामा संलग्न मन्त्रीसहित ४ मन्त्रीलाई बर्खास्त गर्न एमाले सचेतक बर्तौलाको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला र गृहमन्त्री श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेको हुन्।

बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग गरेका हुन्। सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरे। ‘प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ। सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,’ उनले भने।

उनले मन्त्री मोहन बहादुर बस्नेत र सुदन किरातीको पनि राजीनामा माग गरे। टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका पूर्वसञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्यमन्त्री बस्नेतलाई र रामग्राम क्षेत्रमा निजी क्षेत्रलाई दिने प्रपन्चमा लागेका पर्यटनमन्त्री किरातीलाई पनि राजीनामा गर्न माग गरेका हुन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ३२ बजे