पार्टीले जनताको बिचमा गएर काम गर्ने नीति बनाउनुपर्छ: सह-महामन्त्री उपाध्यय



ललितपुर । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताको बिचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन्।

सोमबारबाट जारी पार्टीको महासमिति बैठकमा पार्टीको तर्फबाट स्वागत मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको उनले बताइन्।

उनले कांग्रेसको नीति उत्कृष्ण बनाउने र अबको नीतिले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा उनको थियो।

‘हाम्रो गौरवाशाली इतिहासलाई स्मरण गर्दै हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ। हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ। यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ,’उनले भनिन्।

सहमहामन्त्री उपाध्ययायले मुलुकलाई अब कता लाने भन्ने अभिभारा पनि नीति अधिवेशनको भएको जिकिर गरिन्। ‘जनताको विश्वास कांग्रेसमा छ। जनतले भनेका छन् संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउने छ। स्थानीय तहमा हाम्रो पार्टी ठूलो छ, प्रदेशमा ठूलो छ। त्यसैले जनताले भनेका छन् कांग्रेसले मुलुकको अगुवाई गर्नुपर्छ।

जनताको जीवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ। जनताले त्यही भनेका छन्,’उनले थपिन्। पार्टीमा न्याय नपाएको आवाज बढेको भन्दै उनले न्याय पाउने र न्याय दिने वातावरण बनाउन महासमिति बैठकले नीति अवलम्वन गर्न सफल हुने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ८ : ०२ बजे