एमाले केन्द्रीय समिति बैठक आजदेखि



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं पूणर् बैठक आजदेखि काठमाडौंमा बस्दैछ। बैठकका लागि गत २७ माघमा बसेको बैठकले एजेण्डा तय गरेको थियो।

विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा राष्ट्रिय हित र जनसरोकारका विषय, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने नेताहरूले जनाएका छन्।

बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुँदैछ भने मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय कमिटी बैठकमा त्यसको समीक्षा प्रतिवेदन प्रस्तुत हुने महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनका अनुसार बैठकले संमृद्धिका लागि संकल्प यात्राको विषयमा समेत समीक्षा गर्नेछ। यस्तै, पार्टीमा प्रवेश गरेका र अधिवेशनपछि जिम्मेवारीबाट बिदा भएका कार्यकर्ताहरूको व्यवस्थापनको विषय पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : १२ बजे