नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै



काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ।

नेदरल्यान्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ। नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ। आजको खेलमा नेपाल विजयी हुने र आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराउँने हो भने नेपाल फाइनलमा पुग्ने छ।

नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो। शुक्रबार भने नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित निकाल्दा फाइनल खेल्ने सम्भावना जिवितै रहेको छ। त्यसैले आजको खेलमा नामिबियालाई हराउनै पर्ने दबाब नेपाली टोलीमाथि छ।

नामिबियाविरुद्ध नेपालका कुशल मल्ल, गुलसन झा, अनिल साहले ब्याटबाट उत्कृष्ट प्रदर्शन गर्दा बलिङतर्फ करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई ÷दुई विकेट लिएर खेल जिताए। करण महँगो सावित भए पनि उनैले अन्तिम डेथ ओभरमा नेपाललाई तीन रनको रोमाञ्चक जित दिलाएका थिए।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : २२ बजे