इजरेलले इरानमा गरेको आक्रमणमा इरानको रिभोलुश्नरी गार्ड कप्र्सका कमाण्डर होसेन सलामीको मृत्यु भएको छ । इरानका प्रतिद्वन्दी मुलुकप्रति कठोर रहदै आएका ६५ बर्षीय सलामीको मृत्यु भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित आणविक सम्झौतासम्बन्धी वार्तालाई विफल बनाउने चेतावनी आफ्नो मित्रराष्ट्रलाई दिएपनि उसले इरानविरुद्ध व्यापक आक्रमण गरेको हो । इरानले आणविक सुविधाहरू, ब्यालिस्टिक क्षेप्यास्त्र कारखाना र सैन्य कमाण्डरहरूलाई लक्षित गरेको दाबी गरेको छ ।
आक्रमणको पूर्व सन्ध्यामा सलामीले जस्तोसुकै परिस्थिती र परिदृश्यका लागि इरान तयार रहेको बताउनुभएको थियो ।
तेहरानले इजरेल र अमेरिकाले आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा सलामीसहित खातम–अल–अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन् ।
संवेदनशील क्षेत्रलाई पूर्ण रुपमा युद्ध क्षेत्र बनाउन यो आक्रमणले भूमिका खेल्नसक्ने भय उत्पन्न गराएको छ ।
0
Shares
प्रतिक्रिया