अष्ट्रेलियन वायूसेवा कम्पनी क्वान्टाजका ६० लाख ग्राहकको विवरण चोरी भएको छ । क्वान्टाजको तेश्रो पक्षीय ग्राहक सेवा प्लेटफर्मलाई लक्षित गरी साईबर आक्रमण भएपछि सो विवरण चोरी भएको हो । सो प्लेटमफर्ममा ६० लाख ग्राहकको नाम, इमेल ठेगाना, फोन नम्बर, जन्म मिति तथा नियमित उडान भर्नेहरुको डेटा रहेको थियो । कम्पनीले थप विवरण संकलन भइरहेको जनाएको छ । पासफोर्टको विवरण, क्रेडिट कार्ड र व्यत्तिगत वित्तीय विवरण भने सुरक्षित रहेको कम्पनीको दाबी छ ।
0
Shares
प्रतिक्रिया