कारोबार हुने साताको पहिलो दिन आज शेयर कारोबार मापक नेप्से सकारात्मक बनेको छ । गत साता लगातार बढेको नेप्से परिसूचक आज पनि २ दशमलव ४० अंकले बढेको छ । नेप्से परिसूचक २ हजार ७ सय ६ दशमलव ३६ अंकमा उक्लिएको छ
आज कुल ८७ हजार ३९८ पटकको सेयर किनबेचबाट ९ अर्ब ५० करोड रुपैया बराबरको कारोबार भएको छ ।
आज नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.७०, माथिल्लो हेवा खोलाको ५.१८ र जानकी फाइनान्स कम्पनीको ४.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया