एमालेका सबै प्रदेश र जिल्लाका अधिवेशन सम्पन्न


रासस

२२ असार २०८२, आइतबार  

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो ।

उहाॅले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताउनुभयो । उहाॅका अनुसार स्थानीय तहका १० वटा कमिटीको अधिवेशन गर्न बाॅकी रहेको छ । यसैगरी एमालेका करिब छ हजार वडाका अधिवेशन सकिएका छन् ।

आयोगका अध्यक्ष सुब्बाले अधिवेशन गर्न बाॅकी ९८ कमिटीको विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको जानकारी दिनुभयो ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म तोकिएको छ । पार्टीका २३ जनसङ्गठनमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ०६ बजे