नवजात शिशु र बालबालिकाको लागि उपयुक्त मलेरियाविरुद्धको नयाँ औषधीले पहिलो पटक मान्यता पाएको छ । औषधी कम्पनी नोभार्टिसले विकास गरेको नयाँ औषधी क्वार्टम बेबी÷ रियामेट बेबीलाई स्वीस सरकारले मान्यता दिएको हो ।
यो औषधी अफ्रिकी मुलुकहरुमा केही साताभित्रै पु¥याउने तयारी कम्पनीको छ । नोभार्टिसले मलेरिया बढी फैलिएको क्षेत्रलाई लक्षित गरी सो औषधी निशुल्क वितरण गर्ने तयारी गरेको छ ।
मलेरियाविरुद्धको उपचार हाल पनि रहेपनि त्यो साढे ४ किलोभन्दा कम तौल भएका नवजात शिशु र साना बालबालिकाको लागि भने जोखिमयुक्त नै थियो । सो औषधी साना बालबालिकामा प्रयोग गर्दा ओभरडोज हुनसक्ने खतरा रहेको थियो ।
सन् २०२३ मा विश्वभर ५ लाख ९७ हजार मृत्यु मलेरियासँग सम्बन्धित थिए । ती मध्ये अधिकांश अफ्रिकाका थिए । जसमध्ये बालबालिका धेरै रहेको बीबीसीले उल्लेख गरेको छ ।
यो नयाँ औषधीको आबिष्कार सानो भएपनि अति संवेदनशील बिषयमा सफलता हासिल गरेको कम्पनीका प्रमुख कार्यकारी भास नरसिम्हाँले बताए । मलेरियाविरुद्धको ३ दशकभन्दा लामो लडाईमा सफलता हासिल गरेको उनको भनाई छ ।
प्रतिक्रिया