टेक्सासमा १६१ जनाको अवस्था अझै अज्ञात



अमेरिकाको टेक्सासमा ठूलो जनधनको क्षती हुने गरी गएको बाढीमा परि हराउने कम्तिमा १ सय ६१ जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

टेक्सासको ग्वाडालुपमा ४ दिनअघि एक्कासी बाढी आएको थियो । बाढीमा परी १ सय ९ जनाको मृत्यु भएको छ ।

बाढीमा परि बेपत्ता हुनेमा समर क्याम्पमा रहेको ५ बालबालिका र एक जना काउन्सेलर पनि रहेको टेक्सासका गभर्नर ग्रेग एबोट्टले जानकारी दिए । खोजी र उद्धारकार्य तीब्र पारिएको र हराएकाहरु फेला नपरेसम्म नरोकिने उनको भनाई छ ।

उद्धार र खोजीकार्यमा १३ हेलिकप्टर र २५० बढी उद्धारकर्मी खटिएका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ०० बजे