रसियाले युक्रेनको राजधानी किभमा व्यापक ड्रोन आक्रमण गरेको छ । मंगलबार राती भएको ड्रोनको आक्रमणबाट कम्तिमा २ जनाको मृत्यु भएको छ । १३ जना घाईते भएका छन् । किभका विभिन्न स्थानमा आगलागी भइरहेको छ । सेभ्चेन्कीभ्स्की जिल्लामा आवासीय क्षेत्रमा ड्रोन आक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।
युक्रेनी सेनाले पनि रुसलाई जवाफमा व्यालेस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको छ । रुसले हालसम्मकै ठूलो हवाई आक्रमण गरेको जसमा ७ सय २८ वटा ड्रोन र १३ वटा क्रुज र व्यालेस्टिक क्षेप्यास्त्र प्रयोग भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।
38
Shares
प्रतिक्रिया