उत्तर कोरियाली नेता किमलाई मुद्दा दायर गर्ने तयारी



उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकी एक महिलाले उत्तर कोरियाली नेता किम जोङ उनविरुद्ध मुद्दा दायर गर्ने भएकी छन् ।


चोइ मिन क्युङले नेता किम र अन्य ४ जना अधिकारीविरुद्ध नागरिक हक हनन र आपराधिक आरोपमा मुद्दा दायर गरेकी हुन् ।
सन् १९९७ मा उत्तर कोरियाबाट भागेर चीन पुगेकी चोइलाई सन् २००८ मा जबरजस्ती फिर्ता लगिएको थियो । फर्किसकेपछि आफूमाथि शारिरीक शोषण भएको र यातना दिइएको उनको आरोप छ । चोइ पुनः सन् २०१२ मा भागेर दक्षिण कोरिया पुगी बसोबास गरिरहेकी छन् ।


किमविरुद्धको मुद्दा भोली शुक्रबार दायर हुनेछ । मुद्दा दायर भए उत्तर कोरियाली नेताले पहिलोपटक कानुनी लडाइ लड्नुपर्नेछ ।


चोईलाई दक्ष्ँिण कोरियाली अधिकारसम्बन्धी सम्बन्धित समुहले सघाइरहेको छ । अधिकारसम्बन्धित समुह द डाटाबेस सेन्ट् फर नर्थ कोरियन ह्युमन राइट्स्ले सो मुद्दालाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अपराध अदालतसम्म लैजाने बताएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १ : ५२ बजे