प्यालेस्टाइनको दक्षिणी गाजास्थित सहायता वितरण क्षेत्रमा आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । मानिसहरु खाद्यान्न सहयता लिन लामबद्ध भएको बेला इजरेली सेनाले आक्रमण गरेको थियो ।
इजरेली सुरक्षा फौजले आक्रमणबाट कुनै हताहती नभएको दाबी गरेको छ । इजरेली सैन्य अधिकारीले सुरक्षा खतरा रहेकाले मानिसहरुलाई तितरबितर पार्न आक्रमण गरेको जनाएको छ ।
सो घटनाको स्वतन्त्र पुष्टी भने हुन सकेको छैन । इजरेलले गाजा क्षेत्रमा कुनै पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई निषेध गरेको छ ।
घटनापछि प्राप्त फुटेजहरुमा नसेर अस्पतालमा लाश पोको पारेका कयौं झोलाहरु देखिएका छन् ।
यसअघि पनि गाजास्थित सहायता केन्द्रहरुमा इजरेलले आक्रमण गर्दा कयौं मारिएका छन् ।
प्रतिक्रिया