सिरियाको दक्षिणी भेगमा क्षेत्रीय दंगा भड्किदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । बेडौइ सुन्नी समप्रदाय र ड्रुज धार्मिक अल्पसंख्यक लडाकु समुहबीच झडप भएको हो ।
सिरियाको गृह मन्त्रालयका अनुसार ३० जनाभन्दा बढीको ज्यान गएको पुष्टि भएको छ । यद्यपि, युद्ध निगरानी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राईट्स्ले मृतक संख्या ३७ रहेको बताएको छ ।
गृह मन्त्रालयले सोमबार सुरुवातमै सुरक्षा बलले प्रत्यक्ष हस्तक्षेप गर्ने र झडप रोक्ने बताएको छ । मन्त्रालयले १ सय भन्दा बढी घाइते भएको जानकारी पनि दिएको छ ।
सिरियामा असादको शासन ढलेपछि विभिन्न समुह र सम्प्रदायबीच तनाव बढ्दो छ । इस्लामिक नेतृत्वको नयाँ सरकारले अवस्था नियन्त्रणमा लिन प्रयास जारी राखेपनि सफल हुन सकेको छैन । धार्मिक नेताहरुले पनि सम्यंता अपनाउन आग्रह गरिरहेका छन् ।
पछिल्लो वर्षको अन्त्यमा हायत तहरिर अल–शाम नामक सुन्नी इस्लामी विद्रोही समूहले राजधानी दमास्कसमा आक्रमण गर्दै राष्ट्रपति असदलाई अपदस्थ गरेको थियो । असदको परिवारले ५४ वर्षदेखि देशमा शासन गरिरहेको थियो ।
ड्रुज समुदाय शिया इस्लामको एक उपसमुदाय हो, जसको उल्लेखनीय उपस्थिति लेबनान, जोर्डन र इजरायलमा पनि छ । असद शासनकालमा उनीहरू राज्यप्रति मौन समर्थनमा थिए ।
प्रतिक्रिया