ट्रम्पले गरे जापान र फिलिपिन्ससँग व्यापार सम्झौता



अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापान तथा फिलिपिन्सबीच व्यापार सम्झौता भएको घोषणा गर्नुभएको छ । यसलाई भन्सार शुल्क युद्धमा एक ठूलो उपलब्धि मानिएको छ ।

अमेरिकाको ठूला व्यापारिक साझेदारमध्ये एक जापानले २५% बाट घटाएर १५% मा भन्सार शुल्क र सवारीसाधन आयात शुल्क घटाउने सम्झौता भएको छ ।

राष्ट्रपति ट्रम्पले फिलिपिन्ससँग पनि सम्झौता भएको बताएका छन् । गत साता घोषणा गरिएको इन्डोनेसियासँगको सम्झौताबारे पनि ट्रम्पले थप विवरण दिएका छन् । यद्यपी ती सम्झौताहरु ह्वाईटहाउसले औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।

यसैबीच जापानका प्रधानमन्त्री इशिबाले दुई मुलुकबीच भएको व्यापार सम्झौताले विश्व अर्थतन्त्रमै योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । यो सम्झौता लागू भए जापानले ५ सय ५० बिलियन डलर अमेरिकामा लगानी गर्नेछ जसले त्यहाँ थप रोजगारी श्रृजना गर्नुका साथै गुणस्तरीय वस्तु उत्पादनमा मद्धत पुग्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : २० बजे