सुन २१ सयले बढ्यो



सुन आज एकैदिन प्रतितोला २१ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै सुन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्यमा भने नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर २ हजार ३ ५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ०५ बजे