कम्बोडिया र थाईल्याण्डबीच सीमा विवाद चर्कियो

गोलाबारीमा ९ जना मारिए



कम्बोडिया र थाईल्याण्डबीच सीमा विवाद चर्किएको छ । विवादास्पद सीमा क्षेत्रलाई लिएर विवाद बढ्दा त्यहाँ हिंसा भड्किएको छ । दुई पक्षबीच गोलाबारी हुँदा कम्तिमा ९ जना थाई नागरिकको मृत्यु भएको छ ।

थाईल्याण्डको गाउँ र अस्पतालमा छिरेर कम्बोडियाले रकेट प्रहार गरेको आरोप लगाइएको छ । थाईल्याण्डले पनि कम्बोडियाको सैन्य क्षेक्रलाई लक्षित गरी हवाई आत्रमण गरेको छ ।

हिंसा भड्किदै गएपछि थाईल्याण्डले कम्बोडियासँगको सीमानाका पूर्ण रुपमा बन्द गरेको छ । उसले कम्बोडियाका नागरिकलाई आफ्नै देश फर्कन निर्देश पनि गरेको छ । कम्बोडियाले पनि बैंककसँगको सबै किसिमको सम्बन्ध सकिएको बताएको छ । दुई दक्षिण–पूर्वी छिमेकी मुलुकबीच लामो समयदेखिको विवाद पछिल्लो घटनासँगै सतहमा आएको हो ।

यसैबीच चीनले थाई–कम्बोडियन सीमा क्षेक्रमा बढेको तनावबारे गहिरो चासो व्यत्त गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रबक्ताले वार्ता र संवादमार्फत दुई मुलुकबीचको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । चीन सदैव शान्तिको पक्षमा रहेको भन्दै उनले थाईल्याण्डर कम्बोडियाको सीमामा जारी तनाव अन्त्यका लागि भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १ : ३८ बजे