रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प



रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प अहिलेसम्म मापन गरिएका मध्ये शक्तिशालीमध्ये एक हो ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार रूसी शहर पेट्रोपाभ्लोभ्स्क–कामचात्स्कीबाट १ सय १९ किलोमिटर दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर १९.३ किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

प्रशान्त महासागर वरपरका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका छन् र तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन्।

अमेरिकाको हवाई राज्यमा सुनामीको चेतावनी घटाएर सल्लाहमा परिणत गरिएको छ, जसले गर्दा बासिन्दाहरूलाई आफ्ना घर फर्कन अनुमति दिइएको छ ।

गुआम, रोटा, टिनियन र साइपानजस्ता प्रशान्त टापुहरूमा पनि अब थप सुनामीको खतरा नरहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ५३ बजे