नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाॅॅॅॅ निर्वाचित हुनुभएको छ ।
प्रदेशसभा सचिवालय परिसरमा आज भएको दलको निर्वाचनमा बानियाॅले मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गर्नुभएको हो ।
बानियाॅले २२ मत प्राप्त गर्नुभयो भने लामाको पक्षमा १४ मत परेको निर्वाचन समितिले जनाएको छ । १ मत बदर भएको छ ।
बानियाॅ कांग्रेस बागमती प्रदेश सभापति समेत हुनुहुन्छ ।
यसअघि प्रदेश संसदीय दलको नेता रहेका लामाविरुद्ध बानियाॅको नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याएर हटाइएको थियो । लामाले दल नेताको हैसियत गुमाएपछि नयाॅ नेता चयनका लागि आज निर्वाचन भएको हो ।



प्रतिक्रिया