नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले विधि र पद्धती मिचेको स्वीकार गरेमात्र आफूले आत्मालोचना गर्ने बताउनुभएको छ । पार्टी अध्यक्षकै कारण समस्या उत्पन्न भएको भन्दै उहाँले त्यसको जिम्मा लिन तयार हुनुपर्ने बताउनुभयो ।
पार्टी स्थायी कमिटीको आज बसेको बैठकमा उपमहासचिव शर्माले आफू देश र जनताका लागि जुनसुकै त्याग गर्न तयार रहेको भन्दै उहोँले विधि पद्धती पार्टी अध्यक्षबाटै मिचिएकाले आफुले प्रश्न उठाएको उल्लेख गर्नुभयो । अध्यक्षले आफ्ना सबै कमजोरीप्रति आत्मालोचना गरेपछि आफूले पनि गर्ने उहाँको भनाई थियो ।
उपमहासचिव शर्माले पार्टी अब विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले दिएका बाहिरी अभिव्यक्तिहरू र पार्टी फुट्दैछ भन्ने प्रचार नेता र कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेण्डा डाइभर्ट गर्ने कसरत मात्रै हो, पार्टीभित्र प्रतिष्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो ।’
यसअघि हिजोको बैठकमा २५ नेताले उपमहासचिव शर्माले विघि उल्लंघन गरी सार्वजनिक मञ्चमा अध्यक्ष दाहालको आलोचना गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।
उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले समस्या उत्पन्न भएको निष्कर्ष निकाल्नुभएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार शुरु भएको हो ।



प्रतिक्रिया