नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ ।
पार्टी स्थायी कमिटीको आज बसेको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले जसले गल्ती गरेको हो उसैले आत्मालोचना गर्नुपर्ने बताउनुभएको हो । त्यसअघि स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले नै पार्टी बिगारेको भन्दै आत्मालोचना गर्नुपर्ने बताउनुभएको थियो ।



प्रतिक्रिया