यमनको तटीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ । करिब १५० जना सवार डुङ्गा खराब मौसमका कारण डुबेको थियो ।
डुङ्गा यमनको दक्षिणी प्रान्त अबयानको तटमा डुबेको थियो । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार ६८ वटा शव फेला पारिएको छ । १२ जनालाई उद्धार गरिएको छ भने कैयौँ अझै हराइरहेका छन् ।
आईओएमका अनुसार मृत्यु हुनेमध्ये अधिकांश इथियोपियाली नागरिक हुन् । संस्थाले यस घटनालाई “हृदयविदारक“ भन्दै दुःख व्यक्त गरेको छ ।
यमन अफ्रिकाको होर्न क्षेत्रबाट खाडी राष्ट्रतर्फ रोजगारी खोज्दै जान चाहने आप्रवासीहरूका लागि मुख्य मार्ग बनेको छ । आईओएमका अनुसार पछिल्ला महिनाहरूमा सयौँ आप्रवासीहरू डुङ्गा दुर्घटनामा मृत्यु वा बेपत्ता भएका छन् ।



प्रतिक्रिया