क्वान्टाजसँग ९ करोड डलर जरिवाना



कोभिड–१९ महामारीको समयमा ठूलो संख्यामा कर्मचारी कटौती गरेको भन्दै अष्ट्रेलियन वायुसेवा कम्पनी क्वान्टाजलाई त्यहाँको एक अदालतले ९ करोड डलर जरिवाना गरेको छ । क्वान्टाजले १ हजार ८०० कामदारलाई हटाएको थियो ।

अष्ट्रेलियाको इतिहासमै श्रम सम्बन्धी कानुन उल्लंघनबापत अदालतले यो जरिवाना लगाएको यो जरिवाना नै सबैभन्दा ठूलो सजाय हो ।

फेडेरल कोर्टका न्यायाधीश माइकल लीले अन्य रोजगारदाताहरुका लागि पनि यो सजाय “वास्तविक चेतावनी” हुने बताएका छन् ।

क्वान्टाजले अदालतको फैसलापछि जरिवाना तिर्न सहमति जनाएको छ । कम्पनीले आफ्नो कदमले कर्मचारीहरूलाई “गम्भीर क्षति” पु¥याएको स्वीकार गर्दै जिम्मेवारी लिएको जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : १३ बजे