अफ्गानिस्तानमा सवारी दुर्घटना हुदा ७३ जनाको मृत्यु भएको छ । जसमध्ये १७ जना बालबालिका छन् । मृत्यु भएकामध्ये अधिकांश इरानबाट निष्कासित भएका व्यक्तिहरु रहेको तालेवान अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
काबुलबाट छुटेको बस हेरान्त प्रान्तमा एउटा ट्रक र मोटरसाईकलसंग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार सबै यात्रुको मृत्यु भएको हो ।
इरानले पछिल्लो समय विना कागजात आफ्नो मुलुकमा बसोबास गरिरहेका अफ्गानी आप्रवासीलाई निष्कासन गरिरहेको छ ।



प्रतिक्रिया