पूर्वी भियतनाममा शक्तिशाली तुफान आएको छ । १६६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको तुफानका कारण ५ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । काजिकी नाम दिइएको तुफानका कारण भीषण वर्षा हुने पूर्वानुमान गरिएको छ, जसका कारण बाढी र पहिरो आउन सक्ने चेतावनी मौसमविद्हरूले दिएका छन् ।
५ लाख ८६ हजारभन्दा बढी मानिसलाई आफ्ना घर छाड्न आदेश दिइएको छ । उद्धार र विस्थापनमा सहयोग गर्न हजारौं सैनिकहरू तयारी अवस्थामा राखिएका छन् ।
केही रेल सेवा र क्षेत्रीय उडानहरू स्थगित गरिएका छन् भने प्रभावित क्षेत्रमा विद्यालयहरू बन्द गरिएको छ ।
अधिकारीहरुले यो तुफान गत वर्ष करिब ३०० जनाको ज्यान लिने तुफान यागी जक्तिकै शत्तिशाली हुने आशंका व्यक्त गरेका छन् ।



प्रतिक्रिया