चीनद्वारा सैन्य परेडमा अत्याधुनिक हतियार सार्वजनिक


रासस

१८ भाद्र २०८२, बुधबार  

0
Shares

चीनले आफ्नो सैन्य परेडमा अत्याधुनिक हातहतियार सार्वजनिक गरेको छ । दोश्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको ८० बर्ष पूरा भएको अवसरमा आयोजित विशाल सैन्य परेडका क्रममा राष्ट्रपति सी जिनपिङले लेजर हतियार, आणविक ब्यालिस्टिक क्षेप्यास्त्र र पानीमुनि चल्ने विशाल ड्रोनहरू सार्वजनिक गरेका हुन् ।

परेड कार्यक्रम अवलोकनका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसहित विभिन्न राष्ट्रका कार्यकारी प्रमुख सहभागी भएका थिए । पश्चिमा मुलुकका भने २ नेता मात्र सहभागी भएको बीबीसीले उल्लेख गरेको छ ।

चिनियाा राष्ट्रपति सहित रुसका राष्ट्रपति र उत्तर कोरियाली नेता पहिलोपटक एउटै मञ्चमा देखिएको दृश्य नै विशेष समारोहको सबैभन्दा स्मरणीय क्षण बनेको छ ।

परेडको बाहिर भएको भेटमा किमले पुटिनलाई उत्तर कोरियाको भातृत्वपूर्ण कर्तव्य स्वरुप रूसलाई सहयोग गर्नु भएको बताउनुभयो । रिपोर्टअनुसार, उत्तर कोरियाले पहिले नै युक्रेन युद्धका लागि हतियार र सैनिकहरू पठाइसकेको छ ।

उता, कार्यक्रममा सहभागी नभएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सी जिनपिङलाई आक्रमण गर्दै भनेका छन्, ‘कृपया मेरा तर्फबाट भ्लादिमिर पुटिन र किम जोङ उनलाई तिमीहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्दा न्यानो अभिवादन दिनु ।’

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : ०७ बजे