परिवर्तन, चुनौती र सम्भावनाको बर्ष २०८२



२०८२ साल नेपालका लागि राजनीतिक उतारचढाव, सामाजिक बहस र आर्थिक पुनर्सन्तुलनको वर्षका रूपमा दर्ज भएको छ ।

गत भदौ २३ मा भएको जेन्जी प्रदर्शन र २४ गते भएको विध्वंशले देशमा ठूलो उलटपुलट ल्यायो । त्यसले ठूलो राजनीतिक परिवर्तन ल्यायो । पूराना राजनीतिक दलको शक्ति कमजोर बन्यो भने नयाा राजनीतिक दलको उदय भयो । यसले चरम आशा र आशंका संगसंगै लिएर आयो । सो आन्दोलन र त्यसबाट निम्तिएको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनकै वरपर २०८२ घुम्यो ।

गत फागुनमा सम्पन्न निर्वाचनमा नयाा भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित बहुमत हासिल गर्यो । यो सफलता परम्परागत दलहरूका लागि गम्भीर चेतावनीका रूपमा देखा पर्यो । रास्वपाको यो जितलाई जनताको निराशा र असन्तुष्टिको प्रतिफल भनियो । लामो समयदेखि सत्तामा रहेका दलहरुप्रति बढ्दो अविश्वास, भ्रष्टाचारका आरोप, र कमजोर सुशासनले मतदातालाई विकल्प खोज्न बाध्य बनायो । रास्वपाले नयाा राजनीतिक दलको नारा दिएर यही असन्तुष्टिलाई आफ्नो हतियार बनायो । रास्वपालाई जनताले आशाको केन्द्रमा राखेर विजयी बनाए ।

तर पार्टीको संगठनात्मक संरचना अझै कमजोर र अनुभवहीन देखिन्छ । चुनाव जित्नु र शासन सञ्चालन गर्नु दुई फरक विषय भएकाले नीतिगत स्पष्टता, दीर्घकालीन दृष्टि र प्रशासनिक क्षमता बिना “परिवर्तन” केवल नारामा सीमित हुने हो की भन्ने आशंका पनि संगै जन्माएको छ ।

सामाजिक दृष्टिले, यो निर्वाचनले युवाको सक्रिय सहभागिता र परिवर्तनप्रतिको तीव्र चाहनालाई उजागर गरेको छ । तर अपेक्षा अत्यधिक उच्च हुादा, परिणाम अपेक्षा अनुसार नआए निराशा अझ गहिरो बन्ने खतरा पनि उत्तिकै छ ।

यो बर्ष सरकार परिवर्तन, गठबन्धनको पुनर्संरचना र नीतिगत अस्थिरताले नीति कार्यान्वयनमा चुनौती सिर्जना गर्‍यो । संघीयता कार्यान्वयन, सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दा वर्षभरि केन्ऽमा रह्यो ।

आर्थिक क्षेत्रमा, वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिए पनि व्यापार घाटा र सार्वजनिक ऋणको दबाब कायम रहृयो । महागी दर केही हदसम्म नियन्त्रणमा आएको देखिए पनि रोजगारी सिर्जना र उत्पादन वृद्धि अझै चुनौतीकै रूपमा रहृयो । पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विस्तार र डिजिटल अर्थतन्त्रतर्फको पहल सकारात्मक संकेतका रूपमा देखिए ।
बर्षको अन्त्यतिर पश्चिम एसियामा भएको युद्धले नेपालको अर्थतन्त्रलाई समस्यामा पार्ने त्रास देखिएको छ । विशेषगरी रेमिटेन्स र आयातमा निर्भर अर्थतन्क्रलाई यो युद्धले निकै आत्रान्त पार्नसक्ने सम्भावना छ ।

यो बर्ष सामाजिक रूपमा, युवा पुस्ताको सक्रियता उल्लेखनीय रहृयो । शिक्षा, रोजगारी, सुशासन र अवसरका विषयमा युवाहरूको आवाज बलियो बन्दै गयो । सामाजिक सञ्जालले जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेले पनि गलत सूचना फैलिने जोखिम पनि बढ्यो । लैङ्गिक समानता, समावेशिता र सामाजिक न्यायका विषयमा बहस अझ तीव्र बने ।
समग्रमा, वि.सं. २०८२ नेपालका लागि सम्भावना र संकट सागसागै अघि बढेको वर्ष रहृयो, जहाा परिवर्तनको चाहना स्पष्ट देखियो, तर त्यसलाई व्यवहारमा उतार्न नेतृत्वले अझै ठोस कदम आवश्यक छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : ४१ बजे