अष्ट्रेलियाको उत्तर–पूर्वी क्विन्सल्याण्ड राज्यको तट नजिक शार्कको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार दिउँसो क्यासोरी कोस्ट क्षेत्रमा पौडी खेलिरहेको समयमा ३९ वर्षीय पुरुषलाई शार्कले आक्रमण गरेको थियो ।
क्विन्सल्याण्ड प्रहरीले जारी गरेको वक्तव्यअनुसार ती पुरुषलाई पानीबाट बाहिर निकालिएको थियो, तर गम्भीर चोटका कारण उनको मृत्यु भयो ।
यो पछिल्ला दुई साताभित्र अष्ट्रेलियाली समुद्री क्षेत्रमा भएको दोस्रो घातक शार्क आक्रमण हो । गत शनिबार पर्थ नजिक स्पियरफिसिङ गरिरहेका ३८ वर्षीय पुरुषको पनि शार्क आक्रमणका कारण मृत्यु भएको थियो । त्यस घटनामा उनको खुट्टाको तल्लो भागमा गम्भीर चोट लागेको थियो र उनलाई बचाउन सकिएको थिएन ।
क्विन्सल्यान्ड प्रहरीले पछिल्लो घटनामा पीडितलाई कस्तो चोटपटक थियो भन्ने सार्वजनिक गरेको छैन । उनको परिचय पनि खुलाईएको छैन ।
अष्ट्रेलियामा शार्क आक्रमण अन्य धेरै देशहरूको तुलनामा बढी हुने गर्छ, तर तीमध्ये धेरैजसो घातक हुादैनन् । एक तथ्यांक अनुसार जनवरी महिनामा अष्ट्रेलियाभर चारवटा शार्क सम्बन्धी घटना भएका थिए, जसमध्ये एउटा मात्र घातक थियो ।
लोकप्रिय पौडी तथा सर्फिङ स्थलहरूमा यस्ता आक्रमण रोक्न विभिन्न सुरक्षा उपायहरू अपनाइने गरिन्छ ।





प्रतिक्रिया