राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकबाट नतिजा अनुमोदन गरी सार्वजनिक गरिएको हो ।
बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ३ लाख ३२ हजार २४१ जना नियमित तथा ८५ हजार ९२९ जना आंशिकतर्फका विद्यार्थी रहेका थिए ।
सरकारले परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले तोकिएको समयभन्दा अगावै नतिजा सार्वजनिक गरेको हो । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो ।




प्रतिक्रिया