राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। साउन २ र ३ गते सञ्चालन भएको परीक्षाको नतिजा बिहीबार राति प्रकाशित गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परीक्षामा सहभागी ७१ हजार ३१० विद्यार्थीमध्ये ५८ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यससँगै पूरक परीक्षाको समग्र ग्रेड प्राप्त गर्ने प्रतिशत ८१.१९ पुगेको छ ।
यस्तै, तीन जना परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ । विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा तथा आईभीआर सेवामार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ ।





प्रतिक्रिया