पोखरा । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) शनिबार पोखराबाट मुस्ताङतर्फ लागेका छन् । आज बिहान पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा आएसँगै उनी पोखराबाट मुस्ताङतर्फको यात्रामा निस्किएको बताइएको छ ।
साह शुक्रबार काठमाडौंबाट सडकमार्गबाट पोखरा आएका थिए । पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा उनी बास बसेका थिए । प्रहानमन्त्री साह शुक्रबारबाट निजी भ्रमणमा निस्किएका हुन् । प्रधानमन्त्री साह मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम रहेको बताइए पनि आधिकारिक पुष्टि छैन ।





प्रतिक्रिया