काठमाडौँ। नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्टहरूमाथि प्रहार गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा पुरीले ओली र प्रचण्डका कारणले कम्युनिस्ट आन्दोलन कमजोर भएकाले उनीहरूले नै गल्ती सुधार गर्न सुझाव दिए ।
‘प्रतिक्रियावादी शक्तिहरूले प्रहार गर्ने भनेको कम्युनिस्ट पार्टीलाई हो । केपी ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा विघटन भयो । उनीहरूले संशोधनवादीलाई पनि सखाप गरे, वामपन्थीलाई पनि सखाप गरे, हामीलाई सखाप गरे उनीहरूलाई सखाप गरे ।
सत्तामा ओलीजी र प्रचण्डजीले कमजोरी गरेका हुन् । तर प्रहार हामीमाथि पनि भयो । हाम्रो पार्टी त सत्तामा थिएन नि’, पुरीले भने । राष्ट्रियता, जनजीविकाका विषयमा पार्टी एकता गर्न वा सहकार्य गर्न आफूहरू तयार भएको उनले जिकिर गरे ।





प्रतिक्रिया