रसुवा बाढी : हालसम्म सात जनाको मृत्यु



काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हालसम्म सातजनाको मृत्यु भएको छ ।

हालसम्म सात जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो । नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ।

प्रहरी लगायत सुरक्षा निकाय उद्वार एवम् खोजी कार्यमा जुटिरहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १ : ५९ बजे