अब एकताबद्ध भएर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा



काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिए अब एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सबै विमति भुलेर सहकार्यमा आउन उनले असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् । रसुवा बाढीलाई मध्यनजर गर्दै उनले पार्टीको पहिलो प्राथमिकता उद्धार राहत र पुरस्थापनामा हुनुपर्नेमा जोड दिए ।

उदार र राहत वितरण सरकारको मात्र दायित्व नभएको भन्दै उनले पार्टी पङ्क्तिलाई यसमा खटिन आग्रह गरेका छन् । हाललाई महाधिवेशनको तयारी दोस्रो प्राथमिकतामा राख्नुपर्ने उनले बताए । यद्यपि  १५ औँ महाधिवेशनको पूर्वनिर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ११ : ५३ बजे