टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


Logo

Bikal Shrestha

१५ भाद्र २०८३, सोमबार  

0
Shares

काठमाडौँ : गुल्मीको धुर्कोट गाउँपालिका-५ डुकुर्तिमा आइतबार साँझ टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु१क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु६प २७२६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक इस्मा गाउँपालिका-६ अमरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत गम्भीर घाइते भएका थिए ।

बस्नेतको छाती र अनुहारमा गम्भीर चोट लागेको थियो । मोटरसाइकलको पछाडि सवार धुर्कोट गाउँपालिका–२ का २३ वर्षीय कमल पछाईको बायाँ हातमा सामान्य चोट लागेको थियो ।

दुवै घाइतेलाई जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। गम्भीर घाइते बस्नेतलाई थप उपचारका लागि पाल्पाको प्रभास रिफर गरिएकोमा आइतबार राति ११ बजे उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ९ : २१ बजे