बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद



रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित पश्चिम नहर सडकखण्डबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

शुक्रबार बिहान गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा बेवारिसे अवस्थामा फेला परेको बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बन्दुक कसले र किन त्यहाँ छाडेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १२ : ३७ बजे