सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता



काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच आज भेटवार्ता भएको छ ।

भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे सिंहदरबारमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । उनीहरु बीच आजको सभाको बैठक सुरु हुनुअघि भेटवार्ता भएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  १ : ०६ बजे