काठमाडौँ : रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका ११ जनाको शव फेला परेको छ। भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन रहेका उनीहरूको शनिबार दिउँसो साढे १२ बजेको समयमा शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला पारेको हो । सम्पर्कविहीन अन्य व्यक्तिको खोजी जारी रहेको सेनाले जनाएको छ।





प्रतिक्रिया