जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा



काठमाडौँ : नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताए ।

उनले गत फागुन २१ गतेको निर्वाचनमा आफूहरूले भोगेको पराजयको स्वीकारोक्ति गरिएको तर आत्मसमर्पण नगरी त्यसलाई सिकाइका रूपमा लिने स्पष्ट गरे ।

एमाले संसदीय दलका नेता बादलले पर्याप्त आधारबिना पूर्व उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएकामा विरोध जनाउँदै सुशासन र पारदर्शिताका लागि घोषणा गरिएअनुसार काम नभएको आरोप लगाए ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ५४ बजे