काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा हुने निर्वाचनबाट २३२ सदस्यीय केन्द्रीय समितिमध्ये १७१ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । यस्तै ६१ जना मनोनीत हुनेछन् । सोमबार कांग्रेसको महाधिवेशनस्थल खुलामञ्चमै बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको आकार टुंगो लगाएको हो ।
जसअनुसार प्रत्यक्ष खुलातर्फ ४५ जना, महिला प्रत्यक्षतर्फ १२ जना, प्रदेशतर्फ २८ जना, दलिततर्फ १२ जना, आदिवासी जनजातितर्फ १७ जना, खसआर्यतर्फ १५ जना निर्वाचित हुनेछन् ।
यस्तै, मधेसीतर्फ ११ जना, थारुतर्फ ५ जना, मुस्लिमतर्फ ३ जना, पिछडिएको क्षेत्रतर्फ २ जना, अल्पसंख्यक र अपांगतातर्फ १–१ जना तथा श्रमिकतर्फ ३ जना निर्वाचित हुनेछन् ।
यस्तै, पेशागततर्फ ७ जना र युवा (प्रदेश) तर्फ २१ जना निर्वाचित हुनेछन् । यस्तै प्रजातन्त्र सेनानि, द्वन्द्व पीडित र सहिद परिवार गरी ३ जनाा निर्वाचित हुनेछ । केन्द्रीय समितिको यो निर्णय बन्दसत्रले पारित गरेपछि कार्यान्वयनमा जानेछ ।





प्रतिक्रिया