सुन प्रतितोला २ लाख ९१ हजार ५ सय, चाँदी ४ हजार ४१५ रुपैयाँ



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ नै रहेको थियो । महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : ५१ बजे