काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ ।
गत असोज ५ देखि ८ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो ।
भोलि बस्ने स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुनुको साथै आगामी स्थानीय तह निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।





प्रतिक्रिया