काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग भएको भेटपछि उनले उपसभापति फिर्ता लिन लागेका हुन् । थापाले रिजाललाई उपसभापतिको उम्मेदवारी नबन्न आग्रह गरेका थिए ।
थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि रिजाल उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन् । रिजालले थापासँग भएको भेट र उम्मेदवारी फिर्ता प्रसङ्गको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राखेका छन् ।





प्रतिक्रिया