मतदातासँग मत माग्दै गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदातासँग मत मागेका छन् । लाइनमा बसेका मतदातासँग उनले मत मागेका हुन् ।

पार्टीको १५ औं महाधिशेन गत वर्षको मंसिरमै गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गत वर्षको असोजमै गरेको भए पनि नेतृत्वले आलटाल गरेपछि पार्टीलाई विधिको शासनमा डोहोर्‍याउनका लागि विशेष महाधिवेशन गराएरै संविधान सम्मत बनाएर थापा नेतृत्वमा आएका थिए ।

उनकै नेतृत्वमा पार्टी गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । उनले यसपालि पनि समयमै महाधिवेशन गराएर पार्टीलाई विधान सम्मत नै अगाडि बढाएका छन् । उनले मत मागिरहँदा मतदाता भने निकै उत्साही देखिए ।

थापासँग काठमाडौं ६ का श्यामकृष्ण खड्गीले सभापतिमा प्रतिस्पर्धा गरेका छन् । खड्गी पहिलोपटक केन्द्रीय कार्यसमितिमा चुनाव लडिरहेका हुन् ।

लामो समयदेखि कांग्रेस राजनीतिमा रहेका थापा भने पहिलोपटक केन्द्रीय सदस्य हुँदा सर्वाधिक मतसहित शीर्ष स्थानमा रहेर चुनाव जितेका थिए । उनी यसअघि महामन्त्री समेत भएका थिए ।

जेनजी आन्दोलनपछि पार्टी नीति पनि समाज सुहाउँदो परिवर्तन गर्दै लैजानु पर्छ भनी अग्रसर भएका थापा विशेष महाधिवेशन सफल पारी पार्टीलाई यहाँसम्म डोहोर्‍याएर लिएर आएका छन् ।

उनले मतदातालाई कसैको भड्काउमा नपरी स्वेच्छाले मतदान गर्न आग्रह गरेका छन् । थापाले बिहानमात्रै सामाजिक सञ्जालमा लेख्दै कुनै समूह नबनेको भन्दै बिना दबाब मतदान गर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ११ : ११ बजे