कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु रहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार, नेपाल टेलिकमको तार तान्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ । केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल भत्किएपछि नेपाल टेलिकमको तारसमेत चुडिएको थियो । तार चुडिएसँगै दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
अवरुद्ध सञ्चार सेवा सञ्चालन गर्ने प्रयोजनका लागि तार तान्ने क्रममा घटना भएको हो । महाकाली नदीमा बेपत्ता भएका थारुको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।





प्रतिक्रिया