बूढीगण्डकी बाढी : सेनाद्वारा ३६ जनाको उद्धार



काठमाडौँ : बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो ।

सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १ : ४३ बजे