कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारीको अग्रता कायमै



काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी केन्द्रीय उपसभापति पदको मतगणनामा खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले आफ्नो अग्रता कायमै राखेका छन्। हालसम्म ३ हजार ४३५ मत गणना हुँदा डा. भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्।

त्यसैगरी, मतगणनामा ई. मधु आचार्यले १ हजार ९० मतसहित दोस्रो स्थानमा रहँदै प्रतिस्पर्धा गरिरहेका छन भने सुरेन्द्रराज पाण्डेले ९५५ मत, गोविन्द भट्टराईले ९४१ मत, धनराज गुरुङले ७१९ मत र दीपक गिरीले ४९७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिअन्तर्गत खुला उपसभापति पदमा दुई जना निर्वाचित हुने प्रावधान रहेको छ। हाल मतगणना जारी रहेका कारण अन्तिम परिणाम आउन केही समय लाग्ने देखिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ४ : ४९ बजे