ब्राजिलको राष्ट्रपतिमा लुलाको चौथो कार्यकाल



ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले चौथो कार्यकालका लागि राष्ट्रपतिमा जित हासिल गरेका छन् । उनले दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् ।

८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा करिब ५२ प्रतिशत मत प्राप्त गरेका छन् । जितपछि साओ पाउलोमा समर्थकहरूलाई धन्यवाद दिँदै उनले ब्राजिलको लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

पहिलो चरणको निर्वाचनमा अग्रता हासिल गरेका फ्लाभियो बोल्सोनारोले भने चुनावी नतिजालाई ‘अव्याख्येय’ भन्दै त्यसलाई रद्द गर्न माग गरेका छन् ।

फ्लाभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो यसअघि निर्वाचनमा पराजित भएपछि सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भई घरमै नजरबन्दको अवस्थामा जेल सजाय भोगिरहेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८३, सोमबार  ५ : ५६ बजे